मनोरञ्जन

महामारीलाई लक्षित गर्दै ‘सेवा गरौ’ बोलको गीतको भिडियो सार्वजनिक


काठमाडौँ – गीतकार प्रमिला बस्नेतको ‘सेवा गरौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कोरोना लगायतका विपत्तीमा परेका मानिसहरुलाई सेवा गर्नु ठुलो कुरा हो, जीवनमा धन कमाउनु मात्रै महत्वपूर्ण विषय हैन भन्ने मुल सन्देसका साथ भिडियो तयार भएको छ ।

भिडियोमा, डक्टर, नर्स तथा विपत्तीमा नेपाल र विश्वका जुनसुकै स्थानमा रहेर पनि यो अवस्थामा सहयोग गर्नेलाई विशेष सम्मान गरिएको छ । प्रमिला बस्नेतको रचना रहेको यो गीतमा पदम राई, धनु ग्यानगमी, सुस्मा लिम्बु र संगीता रनप्यालीको आवाज रहेको छ भने गीतलाई धनु ग्यानगमीले संगीत गरेका छन् ।

गीतमा सरोज दाहाल र मिना बासकोटाले अभिनय गरेका छन् भने यसमा सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ । दुई जना कलाकारको अभिनयको अतिरिक्त अहिलेको विपत्ती र यो विपत्तीमा अग्रभागमा रहेर खट्नेहरुको कथा रहेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन् ।