विदेश

भारतमा कोरोना संक्रमण घट्दै, पछिल्लो २४ घण्टामा ८६ हजार ४९८ जनामा संक्रमण पुष्टि


काठमाडौँ – कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण अस्तव्यस्त बनेको भारतमा पछिल्ला केही दिनयता संक्रमण घट्न थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा ६३ दिनपछि १ लाखभन्दा कममा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोमबार भारतमा ६६ दिनयताकै कम संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८२ हजारभन्दा बढी निको भएका छन । भारतमा हालसम्म कुल २ करोड ८९ लाख ९६ हजार ४ सय ७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै भारतमा संक्रमणमुक्त हुनेको संख्या २ करोड ७३ लाख ४१ हजारभन्दा बढी छ ।