विदेश

बिल गेट्स आफ्नो पोर्श कारमा युवतीहरुलाई भेट्ने जाने गरेको खुलासा


काठमाडौँ – बिल गेट्स समय समयमा महिलाहरुसँग भेट्न आफ्नो सुनौलो रंगको पोर्श कारमा बसेर वेपत्ता हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

भ्यानिटी फेयरका अनुसार बिल गेट्सकी पुर्व पत्नी मेलिन्डाको सर्कलले नै खटाइएको एकजना निजी गुप्तचरको अनुसन्धानले यो रहस्य पत्ता लगाएको हो ।

बिल र मेलिन्डा गेट्सबिच गत ४ मेमा वैवाहिक सम्बन्ध बिच्छेद भएको हो । माइक्रोसफ्टकै एक पुर्व कर्मचारीले विल सुनौलो पोर्श कारमा बसेर बाहिर जाने गरेको दावी गरेका छन् । उनी अफिसमा आफ्नो मर्सिडिजमा पुग्ने क्रममा उनका एक विश्वासिलो सहयोगीले पोर्श चलाएर त्यहाँ ल्याउने गरेको पनि बुझिएको छ ।

भ्यानिटी फेयर पत्रिकाले मेलिन्डा फ्रेन्च गेट्सले एकजना निजी गुप्तचर भाडामा लिएका दावी गरेको छ । तर मेलिन्डाले भने आफुले आफ्नो पुर्व पतिमाथि जासुसी गराउन कसैसंग सम्झौता नगरेको बताएकी छन् । आफ्नो कम्पनी माइक्रोसफटका कर्मचारीहरुले प्रशंसा गरिने गरेका ६५ वर्षिय बिलले मेलिन्डासंगको २७ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका हुन् । अर्वपति गेट्स दम्पतीबाट दुई छोरी छन् ।

भ्यानिटीले बिलले आफ्ना आधिकारिक दैनिक भेटघाटमा उल्लेख नगरिएका व्यक्तिहरु अर्थात महिलाहरुसंग भेट्ननै पोर्श कार प्रयोग गर्ने गरेको दावी गरेको छ । बिल गेट्स कार संकलनमा निकै शौखिन देखिन्छन् । उनीसंग थुप्रै पोर्श कार छन् । हालसालै मात्रै उनले एउटा बिद्युतिय पोर्श टाइक्यान कार खरिद गरेका छन् । यसअघिनै उनीसंग १९७९ पोर्श ९११ र पोर्श ९५९ स्पोर्ट्स कारहरु रहेका थिए ।