मनोरञ्जन

बलिउड नायिका कंगनालाई कोरोना संक्रमण


काठमाडौँ – भारतीय चलचित्रकी मसहुुर नायिका कंगना रनौतलाई कारोना पुष्टि भएको छ । कंगनाले आफुलाई कारोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएको हो ।
उनले भनेकी छन्, ‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा पनि जलन भइरहेको थियो। हिमाञ्चल जाने सोचमा थिए। त्यसैले परिक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ।’

उनले अगाडी लेखेकी छन्, ‘मलाई थाहा थिएन कि कोरोनाले मेरो शरीरभित्र पार्टी गरिरहेको छ। अब मलाई थाहा भइसकेको छ। म यसलाई समाप्त पारिदिन्छु।’