समाचार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ । लगातार आईरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ । ‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ। स्वास्थ्य अवस्था ठीक छ’, उनले भनेका छन्, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ ।’

नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।