पर्यटन

पर्यटन विभागले भन्यो : हिमालमा जोखिम छैन, सबै आरोही सुरक्षित


काठमाडौँ – सगरमाथासहित हिमाल आरोहणमा पुगेका आरोही सुरक्षित रहेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार अनपेक्षित तथा आकस्मिक रुपमा उत्पन्न मौसममा परिवर्तन आएपनि सबै आरोही तथा आरोहण दलका सदस्य सुरक्षित रहेको र कुनै जोखिम समेत नरहेको जानकारी आएको छ ।

अहिले आरोही तथा सहयोगीहरु आधार शिविर र दोस्रो आधार शिविरमा रहेका छन् । हरेक शिविरका करिब एकरएक सय जना रहेको अनुमान छ ।

हिमालमा रहेका सबै आरोही सुरक्षित रहेको र मौसम तथा प्रतिकुल अवस्थाका कारण उद्धार समेत गरिहाल्नुपर्ने अवस्था नरहेको समेत विभागले जनाएको छ । यस पटकको आरोहणमा कामीरिताले यसअघिको आफ्नै कीर्तिमान तोडेर सगरमाथाको २५ औँ पटक आरोहणको विश्वकीर्तिमान कायम गरेका छन् ।