बिजनेस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, साढे १९ अर्ब माथिको कारोबार


काठमाडौँ – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्चेञ्ज नेप्से उच्च अंकले बढेको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ विन्दुमा पुगेर बन्द भएको छ । आज नेप्से परिसूचकसँगैै कारोबार रकममा पनि नयाँ रेकर्ड बनेको छ । आज ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार रकम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।

आइतबार विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । समूहगत रुपमा हेर्दा बैंकिङ ८, होटल तथा पर्यटन १६७, विकास बैंक ३८८, जलविद्युत १८६, फाइनान्स १७३ र उत्पादन ६० अंकले बढेको छ । त्यस्तै, ब्यापार ४३, निर्जीवन बीमा २२, अन्य ८, माइक्रोफाइनान्स १७ र जीवन बीमा समूह १४७ अंकले घटेका छन् ।