बिजनेस

नेप्से परिसूचकमा रेकर्ड कायम, झण्डै १७ अर्बको कारोबार


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन आज पनि नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचकमा रेकर्ड कायम भएको छ । नेप्से परिसूचक मंगलबार ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ विन्दुमा पुगेको छ । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज ७ दशमलव ४७ अंकले बढेको छ ।

मंगलबार १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रुपैया बराबरको कारोबार भएको मा २ सय १८ कम्पनीको ३ करोड ५७ लाख ३ सय ७४ कित्ता सेयर किनबेच भएको छ । आज साढे ३ लाख बढी कित्ता सेयर बिक्री भएका छन् । होटल तथा पर्यटन, लगानी समूहबाहेक सबै समूहको समूहगत परिसूचक बढेका छन् ।

सर्वाधिक कारोबार हुनेमा पुनर्बीमा कम्पनीको एक अर्ब बढीको सेयर किनबेच भएको छ ।त्यस्तै, मेरो माइक्रोफाइनान्स, हिमाल दोखला हाइड्रोपावर कम्पनी, सामूदायिक लघुवित्त वित्तीय संस्थालगायत कम्पनीको सेयर मूल्यघटेको छ ।