बिजनेस

नेप्सेमा भारी अंकको गिरावट


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ४५.७ अंकले घटेर दुई हजार सात सय ८२ दशमलब ८६ विन्दुमा थामिएको छ ।

नेप्सेका अनुसार आज १३ अर्ब ९० करोड ९१ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ७ समूह बाहेक अन्य समूह बढेका छन् ।

आज चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा राधी जलविद्युत कम्पनी, सेन्ट्रल फाइनान्स लिमिटेड, र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै, आज आखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार राधी जलविद्युत कम्पनीको भएको छ ।