बिजनेस

नेप्सेमा उच्च अंकको सुधार


काठमाडौँ – साताको चौथो कारोबारको दिन बुधवार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा उच्च अंकको सुधार आएको छ । बुधवार नेप्से परिसुचक ५५ दशमलव सात छ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब १३ विन्दुमा पुगेको छ । त्यस्तै, ११ अर्ब ३५ करोड १८ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये म्यूचुअल फण्ड बाहेक अन्य समूह बढेका छन् ।

आज १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा राष्ट्रिय बीमा कम्पनी, सनिमामाई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, लुम्बिनी विकास बैंक, जानकी फाइनान्स र गुहेश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी रहेका छन् । त्यसैगरि, आज राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।