खेलकुद

नेपाल एसिया कपको तेस्रो छनौट चरणमा प्रवेश


काठमाडौँ – नेपाल सन् २०२३ मा हुने एसिया कप फुटबलका लागि हुने छनौटको तेस्रो चरणका लागि छनोट भएको छ। मंगलबार विश्वकप तथा एसिया कपको दोस्रो चरणको छनौट सम्पन्न भएपछि तेस्रो चरणमा पुग्ने टोलीको तय भएको हो।

नेपाल समूहको चौथो स्थानमा रहेको थियो। दोस्रो चरणमा रहेका ८ वटा समूहका अन्तिम तीनवटा उपविजेता टोली, सबै तेस्रो टोली र सबै चौथो टोलीलाई र सर्वोत्कृष्ट तीनवटा पाँचौँ टोलीलाई एसिया कप छनोटको तेस्रो चरणमा स्थान दिइएको छ।

२४ टोलीले प्रतिस्पर्धा गर्ने एसिया कपमा आयोजक चीनसहित १३ टोली छनौट भइसकेका छन्। जापान, सिरिया, कतार, दक्षिण कोरिया, अस्ट्रेलिया, यूएई, इरान, इराक, साउदी अरब, भियतनाम, लेबनान र ओमान छनौट भएका छन्। अब तेस्रो चरणको छनौटबाट ११ टोलीको टुंगो लाग्ने छ। छनौटको तेस्रो चरणमा पनि २४ टोली हुनेछन्।