खेलकुद

नेपालले आज अष्ट्रेलियाको सामना गर्दै


काठमाडौँ – फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । सो खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालको खेल आज राति ९ः४५ मा सुरु हुनेछ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियासँग आफूहरुले राम्रो खेल्ने बताएका छन् । यो खेलमा बाँकी युवा खेलाडीले पनि मौका पाउन सक्ने रहेको छ ।

नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा छ । अष्ट्रेलिया ६ खेलमा १८ अंक जोडेर पहिलो स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ ।