कोरोना विशेष

नेपालमा कोरोनाको ग्राफ ओरालो लाग्दै, थप ३ हजार ७४९ जनामा संक्रमण, ५९ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप ५९ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७४९ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९ हजार ९०१ र एन्टिजेन विधिबाट ५ हजार ३३७ जनाको परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ५ हजार २९३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।