कोरोना विशेष

नेपालमा कोरोनाको ग्राफ ओरालो लाग्दै, थप ४ हजार ३४४ जनामा संक्रमण, ८१ जनाको मृत्यु


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप ८१ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार १७९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ३४४ जना कोरोना संक्रमित पुष्टि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ७४ र एन्टिजेन विधिबाट ४ हजार ५६८ जनाको परीक्षण गर्दा ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर ५ हजार ७६८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।