कर्णाली

नेपालगञ्जमा एक साताका लागि फेरि लकडाउन


काठमाडौँ – जिल्ला प्रशासन कार्यालय बाँकेले आजराति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र सात दिनका लागि फेरि लकडाउनको घोषणा गरेको छ ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले नियन्त्रणका लागि आज राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक प्रशासनले निषेध गरेको हो । अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थ समेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकेमा एक हजार बढी संक्रमित हुँदा नेपालगन्ज उपमहानगरपालिकाभित्रका ७ सय ३५ जना संक्रमित रहेका छन् ।