मनोरञ्जन

निखिल उप्रेतीको अभिनेता देखि दार्शनिकसम्मको यात्रा (भिडियोमा )


काठमाडौँ – निखिल उप्रेती । यो नाम सुन्नासाथ नेपालमा वा नेपाली चलचित्र जगत्मा एक सफल एक्सन हिरोको रुपमा चिनिन्छ । पीँजडा नामक चलचित्रमा होमिएका उप्रेतीको पछिल्लो वा भनौं अन्त्य नै पीँजडा नै बनेको छ ।
हामीले पहिले देखेको निखिल वा सुरुमा हामी माझ चिनेको निखिल र अहिलेको निखिल बिल्कुलै फरक पाउँछौं । उहाँलाई सुन्दा लाग्छ उहाँ कुनै अभिनेता नभई अध्यात्ममा होमिएको एका दार्शनिक जस्तो लाग्ने गर्छ पछिल्लो समय । दुई सयभन्दा बढी चलचित्रमा काम गरिसक्नु भएको उहाँ वास्तविक जीवन अध्यात्म, योग, ध्यान हो भन्नेमा जोड दिनुहुन्छ । उहाँको कुरा सुन्दा यस्तो लाग्छ सांसारिक जिवनलाई त्यागेर अध्यात्ममा समाहित हुनु नै वास्तविक जीवन हो भन्ने बुझिन्छ ।

चलचित्रदेखि अहिलेको यो अवस्थासम्म आइपुग्नुको रहस्यबारे योहो टेलिभिजनको विशेष कार्यक्रम सत्य संवादमा अभिनेता निखिल उप्रेतीसँग कुरा गरिएको छ । निखिल उप्रेतीको अभिनेता देखि दार्शनिक जिवनसम्मक चर्चा यस अन्तर्वातामा गरिएको छ ।
थप जानकारीको लागि पूरा भिडियो हेर्नुहोस् ।