बिजनेस

नबिल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने



काठमाडौँ – नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ । नविल र युनाइटेडबीच प्राप्तिसम्बन्धी सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नविलका तर्फबाट मर्जर समिति संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर समिति संयोजक मनिष खेम्काले हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्नो एक सय कित्ता बराबर फाइनान्सलाई ३५ कित्ता दिने गरी स्वाब रेसियोमा गाभ्ने सहमति गरेको छ । नबिल सँग गाभिएपछि फाइनान्सका एक सय कित्ता भएका सेयर धनीहरुको सेयर नबिलको ३५ कित्ता भएर आउनेछ । सर्वसाधारणको लगानी भएको पहिलो बैंक नबिलले मर्जरका लागि पछिल्लो समय पार्टनर खोज्दै आएको थियो ।

प्राप्ति पश्चात नविल बैंकको शाखा सञ्जाल १४७ पुग्नेछ भने काठमाडौं उपत्यकाभित्र मात्रै शाखा संख्या ३७ हुनेछ । एटीएम संख्या भने १९० हुनेछ । यसैगरी चैत्र मसान्तको वित्तीय विवरण अनुसार निक्षेप २१६ अर्ब हुनेछ भने ककर्जाको आकार २ खर्ब १ अर्ब हुनेछ ।