गण्डकी प्रदेश

दोस्रो पटक खाए गुरुङले मुख्यमन्त्रीको शपथ


काठमाडौँ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले शपथ खाएका छन् । बुधबार प्रदेश प्रमुख सीता पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई शपथ खुवाएकी हुन् ।
बुधबार गुरुङ ठूलो दलको हैसियतले पुन सो पदमा नियुक्त भएका हुन् । प्रदेश प्रमुखले पौडेलले आज ४ बजेसम्म दुई वा दुइ भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर,तोकिएको समय भित्र चार दलले हस्ताक्षर बुझाए पनि आवश्यक बहुमत पुर्‍याउन नसकेपछि ठूलो दलको हैसियतमा गुरुङलाई नै नियुक्त भएका हुन् । जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले साथ नदिएपछि नयाँ गठबन्धनले ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन सकेको थिएन ।