गण्डकी प्रदेश

दुई हजार जरिवाना तिरेर छुटे गणेश लामा


काठमाडौँ – पोखरामा बिहीबार प्रहरीले नियन्त्रणमा लिएका गणेश लामा दुई हजार रुपैयाँ जरिवाना तिरेर छुटेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राखेको विश्वासको प्रस्तावमा मन्त्री दिपक मनाङ्गे अनुपस्थित रहेपछि पोखराबाट प्रहरीले लामालाई पक्राउ गरेको हो । मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको थियो।

यद्यपी प्रहरीले निषेधाज्ञा उल्लंघन गरेका कारण सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएको थियो । बिहिबार प्रहरी हिरासतमै बिताएका लामालाई शुक्रबार जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको थियो ।

कास्की जिल्ला प्रशासनका सुचना अधिकारी कृष्णचन्द्र पौडेलले निषेधाज्ञा उल्लंघन गरेका लामालाई जरिवाना गरिएको जानकारी दिनुभयो । तर लामाले के कस्तो उल्लंघन गरेका थिए भन्नेबारे पौडेलले केही बताउन सकेनन् ।