समाचार

दाङको तुल्सीपुरमा गोली चल्यो


काठमाडौँ – दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् ।

गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिुभयो ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।