देश

दाउन्नेमा बस दुर्घटना हुँदा चार यात्रुको मृत्यु


काठमाडौँ – पश्चिम नवलपरासीको दाउन्नेमा यात्रुबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको हो ।

काठमाडौँ रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बस दाउन्नेको खुुर्सानी खोलाबाट सडकदेखि डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतक मध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको मात्र सनाखत भएको छ ।

उक्त दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरि चिसापानी अस्पतालमा लगिएको छ । बसमा रहेका ४० जनाभन्दा बढी यात्रु घाइते भएको र केहीको अवस्था गम्भीर रहेको छ । गम्भीरहरुलाई उपचारका लागि बुटवल लगिएको छ ।