विदेश

डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले मुस्ताङको भिडिओ ट्विट गर्दै गरे स्वास्थ्यकर्मीको प्रशंसा


काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गर्दै प्रशंसा गरेका छन् ।

असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ तारेका थिए । सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन् ।

तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ । उनीहरुले खोप पाएको छैनन्, के यो जायज छरु भन्ने प्रश्न गर्दै उनले उनीहरुलाई खोप तत्काल लगाउनु पर्ने जिकिर गरेका छन् ।