देश

टिकटक बनाउँदै गर्दा ११ वर्षीया बालिकाको मृत्यु


काठमाडौँ – युवा पुस्तामा निकै लोगप्रिय सामाजिक सञ्जाल टिकटक मनोरञ्जन गर्ने माध्यम मात्रै नभई ज्यान लिने माध्यम पनि बनेको छ । यसैको सिकार उदयपुरको चौदण्डीगढी नगरपालिका– ९की एक बालिका परेकी छिन् । ११ वर्षीया बालिकाको बुधबार टिकटक बनाउँदै गर्दा साँझ झुण्डिएर ज्यान गएको हो ।
आमा बुबा भान्सामा खाना खाइरहेको बखत छोरीले अर्को कोठामा टिकटक बनाउँदै गर्दा सो बालिकाको मृत्यु भएको हो । मुढा राखेर सलको पासो लगाई टिकटक बनाउने क्रममा मुढा चिप्लिएर ज्यान गएको प्रहरीले जनाएको छ । सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज भेटिएको छ । उक्त आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।