कोरोना विशेष

जोखिम कायमै रहेकाले निषेधाज्ञा खुकुलो बनाउने अवस्था छैन: स्वास्थ्य मन्त्रालय


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले जारी निषेधाज्ञा खुकुलो बनाउने अवस्था नरहेको बताएको छ । निषेधाज्ञा खुकुलो बनाउदै लैजाने छलफल भइरहेको बेला स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा सहज बनाउने बेला भइनसकेको जनाएको हो ।

दैनिक परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन नहुने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो । ‘संक्रमणदर अत्यन्तै न्यून भएपछि मात्र दैनिकीलाई सहज बनाउनुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘संक्रमणदर न्यून भएपछि ठाउँअनुसार खुकुलो बनाउँदै जान सकिन्छ तर अहिले नै खुकुलो बनाउने बेला भएको छैन ।’