मनोरञ्जन

कोरोनाका कारण भारतीय अभिनेत्रीको मृत्यु


काठमाडौँ – भारतीय चलचित्र क्षेत्रकी परिचित अभिनेत्री अभिलाषा पाटिलको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पाटिल कोरोना संक्रमित भइसकेपछि मुम्बईको एक अस्पताल मा आइसीयूमा भर्ना भएकी थिइन् । उनको भर्ना भएको केही दिनपछि नै मृत्यु भएको हो ।

यसअघि अभिलाषा सुटिङको सिलसिलामा बाराणसीमा पुगेकी थिइन् । उनलाई मुम्बई फर्किसकेपछि कोरोना देखिएको थियो । अभिलाषाले ‘बद्रीनाथकी दुल्हनिया’, ‘गुड न्युज’, ‘मलाल’ र ‘छिछोरे’ जस्ता हिन्दी फिल्ममा पनि काम गरिसेकी थिइन् । त्यस्तै ‘ते अठ दिवस’, ‘बायको देताका बायको’, ‘परवास’ जस्ता कयौ मराठी फिल्ममा काम गरेकी छन् ।