राजनीति

कोटेश्वरमा देउवा, नेपाल र प्रचण्डबीच भेटर्वार्ता


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाल निवास कोटेश्वरमा मंगलबार अपराह्न भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम विषयमा छलफल भएको थियो । स्रोतका अनुसार नेपाली काँग्रेससभापति देउवा र सत्तारुढ नेकपा एमाले बिद्रोही पक्षका नेता नेपालबीचको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड पनि सहभागि भएको जनाएको छ ।

संसद विघटनविरुद्ध र नयाँ वैकल्पिक पक्षमा देउवा र प्रचण्डसँगै उभिएका नेपाल पछिल्लो पटक पार्टी एकताको दबाबमा परेका छन् ।