समाचार

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी


काठमाडौँ – काठमाडौँ,भक्तपुर र ललितपुर तीनै जिल्ला प्रशासनले कम्तीमा एकसाता निषेधाज्ञा थप्ने अनौपचारिक सहमति गरेका छन् ।

उपत्यकामा संक्रमण दर नघटेपछि कम्तीमा एकसाता निषेधाज्ञा थप्ने अनौपचारिक छलफल भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नेपाल जानकारी दिनुभयो ।

जेठ ३१ गते बस्ने तीनै जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञा थप गर्दै नयाँ आदेशहरु जारी गर्ने सीडीओ पराजुलीले जानकारी दिनुभयो । खेतीपातीको मौसम भएकाले कृषिकर्मको काम तथा निर्माण व्यवसायको कामलाई खुकुलो बनाउने गरि अघि बढ्ने बारे छलफल भएको प्रमुख जिल्ला अधिकारी पराजुलीलेउनले बताउनुभयो ।

सार्वजनिक तथा निजी यातायातमा कायमै रहेको बन्द भने यथावतै रहने भएको छ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले पनि निषेधाज्ञा थप्नेबारे अनौपचारिक छलफल चलेको बताउँदै खेतीपाती र निर्माणको कामलाई खुकुलो बनाएर अघि बढ्न सकिने बताउनुभयो ।