कोरोना विशेष

काठमाडौँ उपत्यकामा थपिए ९३७ कोरोना संक्रमित


काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७२३, भक्तपुरमा ७३ र ललितपुरमा १४१ जनामा गरी कुल ९३७ जना थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १ हजार ३८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमी आएको देखिएको छ ।