कर्णाली

कर्णाली प्रदेशसभा : मन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध


काठमाडौँ – भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

सोमबारदेखि सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए ।

एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै मन्त्री थापाको राजीनामा मागे ।