कर्णाली

कर्णालीमा मन्त्रिपरिषद् हेरफेर


काठमाडौँ – कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् हेरफेर गरेको छ । वर्तमान मन्त्रिपरिषद्मा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्री बिमला केसीले राजीनामा दिने र तीनजना नयाँ मन्त्री बनाउने तयारीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही रहेका छन् ।

मुख्यमन्त्री शाहीले आन्तरिक मामिलामा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जामन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्ति सिफारिस गर्ने तयारी भइरहेका जानकारी छ ।

उनीहरुले बुधबार नै मन्त्रीका रुपमा शपथ लिने तयारी भएको स्रोतको दाबी छ । जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय भने बुधबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले गरेको हो ।