कर्णाली

कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ


काठमाडौँ – कर्णाली प्रदेशका नवनियुक्त कांग्रेसका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । दुवै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।

वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी भएको हो । २०७४ सालयता नेपाली कांग्रेसले कर्णालीबाट पहिलोपटक सत्तारोहण सुरु गरेको छ । पुनर्गठनपछि कर्णाली मन्त्रिपरिषद् अब आठ सदस्यीय भएको छ ।