राजनीति

एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई पठाउने सर्वोच्च बारको निर्णय


काठमाडौँ – सर्वाेच्च अदालत बार एसोसिएशनले वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च बारले घिमिरे र केसीको नाम सिफारिस गरेको हो ।

मंगलबार बसेको सर्वाेच्च बारको कार्यसमिति बैठकले कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम एमिकस क्युरीका रुपमा सिफारिस गरिएको बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएशन र सर्वाेच्च अदालत बार एसोसिएशनबाट दुईदुई जना एमिकस क्युरी माग गरेको थियो ।