समाचार

एक हप्ता निषेधाज्ञा थपियो, के गर्न पाइन्छ, के गर्न पाइदैन ?


काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि एक साता थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको समेत बताउनुभयो । पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने र अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुने जानकारी दिनुभयो ।

शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजीकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।