खेलकुद

एकै खेलमा एकै टिमको हार अनि जित


काठमाडौँ – विश्व फुटबलमा एकै टिमको हार अनि एकै टिमको जित कल्पनाभन्दा बाहिरको कुरा हो । कि त उस्ले बराबरी खेल्छ या त भने हार र जित मध्ये एक प्राप्त गर्छ । तर , यस्तो घटना सायद बिरलै भएका होलान् । जसमा एकै टिमको हार अनि जित दुवै सम्भव भयो । शनिबार राति युरोकपको १६ औं संस्करणक अन्तर्गत तेस्रो खेलमा डेनमार्कको टिमले खेल त गुमायो तर जिवन बचाउन भने सफल भयो ।


युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई हराएको छ । समूह बी मा रहेको फिनल्याण्डले डेनमार्कलाई १–० ले पराजित गरेको हो । फिनल्याण्डले प्रमुख प्रतस्पिर्धामा पहिलोपटक जित दर्ता गर्न सफल भएको हो ।

पहिलो हाफको अन्तिमतिर डेनमार्कका मिडफिल्डर क्रिष्टियन एरिक्सन मैदानमै बेहोस भएर लडेपछि रोकिएको खेल उनी अस्पतालमा होसमा आएपछि पुन भएको हो । एरिक्सन होसमा आएको थाहा पाएपछि भएको खेलमा ५९ औँ मिनेटमा पोहजान्पालोले ५९ औँ मिनेटमा फिनल्याण्डका लागि गोल गरे । ७४ औँ मिनेटमा डेनमार्कले पेनाल्टी पाएको थियो, तर साथी खेलाडी गम्भीर बिरामी पर्दा मानसिक रुपमा अस्थिर रहेको टिमका खेलाडी गोल गर्नबाट चुके । होब्जर्गले पेनाल्टीमा गोल गर्न सकेनन् ।

मैदानबाटै अक्सिजनसहितको स्ट्रेचरमा एरिक्सनलाई निकालिँदै दुवै टिमका खेलाडीको आग्रहमा खेल पुनः गरिएको युरोपियन फुटबलको प्रशासकीय निकायले जनाएको छ । पहिलो हाफको बाँकी पाँच मिनेटको खेलपछि पाँच मिनेटको ब्रेक लिएर दोस्रो हाफ भएको हो ।

२९ वर्षका एरिक्सनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र उनी होसमै रहेको डेनिस फुटबल एसोसिएसनले जनाएको छ ।

डेनमार्कको एक पत्रिकाले ‘डेनमार्क लस्ट, बट लाइफ वन’ लेखेको छ । डेनमार्कमा गहिरो संवेगका बिच एरिक्सन जीवित रहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको थाहा पाएर केही राहतको अवस्था छ । विश्वभरबाट फुटबलप्रेमीले उनको स्वास्थ्यलाभका लागि कामना गरिरहेका छन् ।

डेनिस फुटबल एसोसिएसनका अनुसार खेलाडीहरुले एरिक्सनका लागि बाँकी खेल खेलेको बताएको छ । सबै खेलाडीले एरिक्सनसँग कुरा पनि गरेको उल्लेख छ । डेनमार्कले यस प्रतियोगिताको पहिलो खेल गुमाए पनि एरिक्सनको जिवन रक्षा गर्न भने सफल गरेका छन् । तसर्थ डेनमार्कले एकै खेलमा हार अनि जित दुवैको अनुभव गरेको छ ।