मनोरञ्जन

ऋतु र लकडाउनको मिश्रणले देखिएको काठमाडौँ (भिडियोमा)


काठमाडौँ – हरेक वर्षको वसन्त ऋतुमा झैं यस वर्ष पनि काठमाडौंलाई सुन्दर बनाउने जाकारान्डा उसैगरि फूलेका छन् । केहीदिनको वर्षापछि खुलेको काठमाडौँमा लकडाउनले शुन्यता त छाएको छ नै, दृश्यमा हेर्दा भने निक्कै मनमोहक देखिएको छ ।

वसन्त ऋतुको आगमनसँगै काठमाडौँ उपत्यका हल्का निलो र प्याजी रंगको फुलले मगमगाएको छ । यो फुलको नाम ‘ज्याकारान्डा’ हो । काठमाडौँको सुन्धारा, भद्रकाली, रानीपोखरी, जमल, दरवारमार्ग, प्रदर्शनीमार्ग र बानेश्वर क्षेत्र खुब सुन्दर देखिएको छ ।

सडकको वारीपारी फुलेको ज्याकाराण्डा र ससाना रुखहरुमा नयाँ पालुवाले खुब मनमोहक देखिएको छ । जारी निषेधाज्ञाले मानिसहरु घरभित्रै छन् बाहिर कोहि निस्कन नपाए पनि सायद पर्खाइमा होला ज्याकाराण्डा मुस्काइरहेको छ । वर्षापछि खुलेको आकाशमा सुनसान वातावरण खुब आकर्षक देखिएको छ ।

काठमाडौँका मुल सडकहरु यही ज्याकाराण्डा र अरु फसलहरुले सुगन्धीत बनेको छ । धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । लकडाउनको दुर्य हप्ता पार हुँदा पनि कोरोना कहर जस्ताको त्यस्तै रहेकाले सडकहरु थप सुनसान बनेका छन् ।

निषधाज्ञाको समयमा सार्वजनिकस्थलहरु सुनसान छन् । र पनि सुन्दर काठमाडौँ ।