समाचार

इन्धन ढुवानीको अवरोध हट्यो : ट्याङ्कर चालकलाई भोलीदेखि खोप


काठमाडौँ – सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगमले ट्यांकर चालकलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्ने निर्णय गरेपछि अवरोध हटेको हो ।

कोरोनाविरुद्धको खोप लगाउन नपाएका कारण आन्दोलित भएका ट्यांकर चालकले आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प बनाएका थिए । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले ट्यांकर चालक संघले माग गरेको कोरोनाविरुद्धको खोप व्यवस्था गरेर अवरोध हटाएको जानकारी दिनुभयो ।

अब पेट्रोलियम पदार्थको ढुवानीमा भएको अवरोध हटेको छ । नेपाल आयल निगम र ट्यांकर चालक संघले बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । खोप भने भोलिबाट लगाउन सुरु हुने भएको छ । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले कोरोनाविरुद्धको खोप उपलब्ध हुने भएको बताउनुभयो । लामाका अनुसार पेट्रोलियम पदार्थको ढुवानी सेवा आजबाट नै सुर हुने र चालक र सहचालकले भोलिबाट कोरोना विरुद्धको खोप लगाउन पाउने बताउनुभयो ।

भोलिदेखि उपत्यकासहित बागमती प्रदेशका सबै पेट्रोल पम्प बन्द हुने