देश

आफ्नै श्रीमतीलाई एसिड छ्याप्ने श्रीमान् पक्राउ


काठमाडौ– रौतहटमा श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३८ वर्षीया दीपिका विकलाई एसिड प्रहार गरेको आरोपमा चन्द्रपुर नगरपालिका–४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबीच घरायसी झै–झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गरेको खुलेको छ । दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । घाइतेको चपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।