प्रदेश नं. २

आफन्तको मृत्युपछि जनकपुर कोरोना अस्पतालमा तोडफोड



काडमाडौँ – प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले तोडफोड गरेका छन् । जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो ।

भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोमा चिकित्सकको लापरबाही गरेको आरोप लगाउँदै चन्द्रकला अस्पताल लैजान खोज्दा महतोको मृत्यु भएको थियो । त्यसपछि उनका छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालका उपकरण तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयले जनाएको छ ।

तोडफोडबाट तीन वटा भेन्टिलटर बिग्रेको कोरोना अस्पताल स्रोतले जनाएको छ । भने अन्य उपकरणमा समेत क्षति पुगेको र बुझ्ने काम भइरहेको छ । तोडफोड गर्ने दाजुभाइलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।