बिजनेस

आनले स्थापना दिवसको अवसर पारेर विज्ञापन सप्ताह मनाउने


काठमाडौँ – नेपाल विज्ञापन संघ (आन)ले नेपाली विज्ञापन सप्ताह मनाउने भएको छ । आनको स्थापना दिवस जेठ ३० गतेलाई ‘एड˗डे’को रुपमा विविध कार्यक्रम गरी विज्ञापन सप्ताह मनाउन लागिएको संघले जनाएको छ ।

सप्ताहअन्तर्गतका कार्यक्रमहरुमा एड–डेको लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्वजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ठ व्यक्तित्व, सञ्चारउद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योगसम्बन्धी र विज्ञापनले गरेको प्रभावसम्बन्धी भिडियो क्लिप, बाइट तथा शुभकामना नेपाली स्याटलाइट टेलिभिजनहरुमा बजाउने जनाइएको छ ।

यस्तै, विज्ञापन क्षेत्रका हस्ती, विज्ञापनदाता, उद्योगी, व्यवसायी, सञ्चार–उद्यमीलाई वेबिनारमार्फत स्रोतासमक्ष साक्षात्कार गराई नेपालको विज्ञापन उद्योगको योगदान, उपलब्धि र अवसर आदि विषयमा अन्तरक्रिया गर्ने र विभिन्न मिडियाहरुमा गराउने एड–डे विज्ञापन सप्ताह आयोजक उपसमितिका संयोजक तथा आनका प्रथम उपाध्यक्ष सुदीप थापाले बताए ।

यस अवसरमा आनले सामाजिक दूरी कायम गर्दै उच्च सावधानीका साथ संघको कार्यालयमा जेठ ३० गते रक्तदान आयोजना गर्ने पनि अध्यक्ष सोमप्रसाद धितालले बताए ।