मौसम

आज अधिकांश स्थानमा पानी पर्ने सम्भावना


काठमाडौँ – आज देशका धेरैजसो ठाउँमा बादल लागेर एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बद्ली भइ प्रदेश(१ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई रहेको छ ।

तर निरन्तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले प्रदेश.१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश.१ र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी ठाउँमा सामान्य बादल लागेको छ ।

आउँदो तीन दिनसम्म नै मौसम बद्ली रहने मौसमविद् शाक्यले बताउनुभयो । आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी र पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।