पर्यटन

सगरमाथाको शिखरमा अमेरिकी चर्चित गायक माइक

पासाङ शेर्पा


काठमाडौँ – अमेरिकी प्रख्यात गायक माइक पोस्नरले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

पोस्नरले मंगलबार विहान सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । अमेरिकी प्रख्यात गायक माइक सगरमाथा आरोहणका लागि ७ अप्रिलमा नेपाल आइपुगेका थिए । सामाजिक सञ्जालमार्फत उनले सगरमाथा आरोहणका लागि नेपाल आइपुगेको जानकारी दिएका थिए । नेपाल पुग्दा आफू अत्यन्त खुशी भएको पनि उनले उल्लेख गरेका छन् ।

२२ वर्षको उमेरमा ३१ मिनट्स टु टेकअफ नामक एल्बम निकालेर चर्चित बनेका माइकको त्यही एल्बम भित्रको कुलर देन मी गीत युएस बिलवोर्डको टप टेनभित्र पर्न सफल भएको थियो।
सन् २०१५ मा रिलिज भएको आइ टुक अ पिल इन इविजा शीर्षकको उनको गीत २७ देशमा टप टेन भित्र पर्न सफल भएको थियो। यही गीत अमेरिकाको बिलवोर्ड हट १०० को टप ५ भित्र परेको थियो।