Breaking

टिकटक आतंकः यसरी ठगिएका छन् टर्कीका भुकम्प पीडित


काठमाडौँ — टर्की र सिरियामा भूकम्पको बहानामा मानिसहरूलाई ठग्ने काम भइरहेको छ । यसका लागि उनीहरुले टिकटक मार्फत मानिसहरूलाई झुटो विवरण देखाएर चन्दा दिन आग्रह गरिरहेका छन् । टर्की र सिरियामा भूकम्पको बहानामा मानिसहरूलाई ठग्ने काम भइरहेको भन्दै सुरक्षा विशेषज्ञले चेतावनी दिएको छ । टर्की र सिरियामा गएको भुकम्पमा परि करिब ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । भूकम्पपछि आवश्यक सुविधा चाहिएका मानिसहरूको मद्दत गर्नका टिकटक लाईभमा बसेर ठगि रहेका छन् । खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्नुको सट्टा दान गरिएको पैसा आफ्नै खाता र क्रिप्टोकरेन्सी वालेटहरूमा पठाइरहेका छन् । टिकटक अकाउन्ट आवश्यकतामा परेका मानिसहरूका लागि मद्दत माग्नका लागि उनिहरुले भुकम्पका तस्बिरहरु भिडियो र उद्धार कार्यलाई देखाउने टिभीका रेकर्डिङ पोस्ट गरिरहेका छन् ।

उनिहरुले आउनुहोस् टर्कीको मद्दत गरौँ टर्कीका लागि प्रार्थना गरौँ भूकम्प पीडितका लागि दान गर्नुहोस् जस्ता क्याप्सनको प्रयोग गरिरहेका छन् । एउटा लाइभमा विनाशको धमिलो हवाई दृश्य र बम विस्फोटका आवाजहरू प्रयोग गरिएको पाईएको छ । जब क्यामेरा बन्द हुन्छ एक व्यक्तिको हाँसिरहेको आवाज सुनिन्छ र ती व्यक्ति चिनियाँ भाषा बोलिरहेका छन् । दोस्रो भिडियोले विस्फोटबाट भागिरहेका एक विचलित बालकको तस्बिर देखाउँछ । लाइभ स्ट्रिम गर्ने व्यक्तिले कृपया यो लक्ष्य हासिल गर्न मद्दत गर्नुहोस् भनिरहेका छन् । यसो गर्दा टिकटक उपहारहरूको स्पष्ट माग छ ।

दक्षिणी टर्की र उत्तरी सिरियामा शक्तिशाली भूकम्पका कारण धेरैले ज्यान गुमाएका छन् । दुवै देशका प्रभावित स्थानहरूमा खोजी तथा उद्धारकार्य अहिले पनि जारी नै छ । मृतकहरूको सङ्ख्या अझै बढ्ने देखिएको छ । टर्कीमा केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । पहिलो भूकम्प गएको केही घण्टापछि दिउँसो गएको ७.५ म्याग्निच्यूडको भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वमा केन्द्रबिन्दु रहेको थियो । अहिलेसम्म भूकम्पमा परी ४१ ह्जारभन्दा बढीको मृत्यु भइसकेको छ ।