Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

सिन्धुपाल्चोकको ब्रम्हायनी नदीमा डुबेर एक युवक बेपत्ता


काठमाडौँ – सिन्धुपाल्चोकको ब्रम्हायनी नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । शनिबार दिउसो १ बजेतिरको समयमा ब्रम्हायनी नदीमा पौडी खेल्नेक्रममा नदीले बगाउँदा बलेफी गाउँपालिका वडा नं. ५ स्थित चनौटेका बर्ष १६ का विशाल श्रेष्ठ बेपत्ता भएका हुन् ।

साथीहरुसँग पौडी खेल्न गएका श्रेष्ठको स्थानीयले खोजी कार्य सुरु गरेलगत्तै प्रहरी पनि खोजी गर्न आएको थियो । अहिलेसम्म पनि डुंगाको सहायताले स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।