Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

हामीले सांसद पदबाट राजीनामा दिनु पर्छ : नेता रावल


काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने भन्दै राजीनामा दिएर जानुपर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रावलले यस्तो लेखेका हुन् । साथै उनले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन् ।
रावलले लेखेका छन् ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित, पार्टी विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपी ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ,’ सोमबार पार्टी अध्यक्ष ओलीले संसद्मा विश्वासकोे मत लिँदै गर्दा रावलसहित नेता माधव नेपाल पक्षका २८ सांसदले उक्त दिन प्रतिनिधि सभामै अनुपस्थित रहेका थिए।
‘त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ। यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’ पनि रावलले लेखेका छन् ।