Breaking

सरकारलाई विश्वास मत नदिनुको कुनै कारण छैन : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास नगर्नुको कुनै कारण नरहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको दोस्रो बैठकमा सम्बोधन गर्दै सरकारले गर्नुपर्ने हरेक काम गरिरहेको समेत बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सडक, बाटो र विकास निर्माणका काम गरिरहेको र विकासमा प्रविधिको प्रयोग भएको बताउँदै डिजिटल नेपाल बनाउने अठोट लिइएको बताउनु भयो । त्यसैले सरकारलाई विश्वास नदिने कुनै कारण नभएको प्रष्ट पार्नुभयो ।