समाचार

मौसम अनुकूल नबन्दा हवाई उडान प्रभावित


काठमाडौँ – गएरातिको वर्षाका कारण राजधानीसहित देशको अधिकांश स्थानमा परेको वर्षा काराण हवाई उडान पनि प्रभावित भएको छ । वर्षाका कारण मौसममा आएको बदलावका कारण
उडानहरु प्रभावित भएका हुन् ।

मौसम प्रतिकूल बन्दा कम भिजिबिलिटी भएको र जसका कारण विमानस्थलमा उडान हुन नसकेको हो ।

सोलुखुम्बुको लुक्ला, डोल्पा, नेपालगञ्ज, सिमिकोट र पोखरामा सबै उडान रद्ध भएका छन् । त्यहाँका भिजिबिलिटी कम भएका कारण ती स्थानमा उडानको समस्या आएको हो । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।

सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।