अन्तर्राष्ट्रिय

समाचार पढ्दापढ्दै बन्दुकधारी टीभीमा, पत्रकारमाथि हातपात, १३ जना पक्राउ

बन्दुकको आडमा दादागिरी


काठमाडौँ – इक्वडोरमा एउटा स्थानीय टेलिभिजन स्टेशनमा प्रत्यक्ष प्रसारण भइरहेको बेला सशस्त्र व्यक्तिहरूले धावा बोल्दै पत्रकार र कर्मचारीहरूलाई आतङ्कित बनाएका छन् । मुख छोपेर आएका बन्दुकधारीहरुले गुयाक्वील सहरको टीसी स्टुडियोको कार्यक्रम बिथोलेका हुन् ।

इक्वेडरमा भएको अचम्मको एउटा घट्ना यति बेला सामाजिक सञ्जाल र सञ्चार माध्यमयमा भाईरल भईरहेको छ । बन्दुकधारीहरुको एक समूहले टेलिभिजनमा लाइभ कार्यक्रम चलिरहदा स्टुडियोमै प्रवेश गरी होहल्ला मच्चाएपछि यतिबेला सञ्चारमाध्यमहरुले यस्लाई मसला बनाईरहेकाछन् ।
ग्वायाकिल सहरस्थित सार्वजनिक टेलिभिजन च्यानल ’टीसी’को प्रत्यक्ष प्रसारण रोक्नुअघि मुख छोपेका नकाबधारी आक्रमणकारीहरूले कर्मचारीहरूलाई भुइँमा घोप्टिन लगाए र उपद्रो मच्चाएपछि चौतर्फी आलोचना भएको छ ।

एक्वडोरमा एक कुख्यात अपराधी कारागारबाट भागेर अपराध बढाउन थालेपछि इक्वेडरमा २ महिने संकटकाल घोषणा गरिएको छ । संकटकाल घोषणा भएको केहीदिन बित्न नपाउँदै अपराधीहरुको समूहले टेलिभिजन स्टुडियोका कर्मचारीहरुलाई समेत धम्क्याएका छन् । घटना लगत्तै त्यस ठाउँमा प्रहरी परिचालन गरी टेलिभिजनका कर्मचारीलाई मुक्त गरिएको र १३ जना सन्दिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपराधीहरुको समूहले केहीदिन यतामात्र ७ जना प्रहरी अधिकारीहरुलाई अपहरण गरिसकेका छन् ।

इक्वेडरको शान्ति सुरक्षाको टाउको दुखाइ बनेका फितो उपनामका एडोल्फो मासियास भिलामर आइतवार निकै सुरक्षित मानिएको जेलबाट भागेका थिए । इक्वेडरमा पछिल्लो समय दर्जनौ संख्यामा संगठित आपराधिक समूहहरुले अराजकता मच्चाउँदै आएको अन्तराष्ट्र सञ्चारमाध्यमले जनाएका छन् । एक्वडोर केरा निर्यात गर्ने मध्येको शिर्ष एक देश हो ।

उक्त ल्याटिन अमेरिकी देशले तेल, कफी, कोकोआ, श्रिम्प र माछा पनि निर्यात गर्छ । एक्वडोरमा जेलभित्र र बाहिर हुने हिंसाको कारण देशी र विदेशी लागुऔषध गिरोहहरूबीच हुने द्वन्द्वलाई मानिएको छ । ती गिरोहहरू कोकिन, अमेरिका र युरोप पैठारी गर्ने मार्गमा आफ्नो नियन्त्रण कायम गर्न चाहन्छन् ।फलतः यस्ता गैरकानुनी कार्यमा संचारमाध्यम बाधक बनेपछि यो समुहले आफ्नो हर्कत देखाएको हो । बन्दुकधारी समुहको यो कार्यलाई लिएर धेरैले निन्दा गरेकाछन् । स्वतन्त्र पत्रकारमाथी टेलिभिजन स्टुडियोमै छिरेर धाक धम्की दिने र बन्दुकको आडमा विथोल्न खोज्ने कार्यलाई कसैले बढवा दिन नहुने विश्व समुदायको भनाई छ ।