Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

सभापति देउवा नयाँ सरकार बनाउने प्रयासमा, आज विभिन्न दलको बठैक बस्दै


काठमाडौँ – नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत गुमाएपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको कसरतमा लागेका छन् । उनले नयाँ सरकार गठबन्धनका लागि मंगलबार आफ्नै निवासमा विभिन्न दलको बैठक बोलाएका छन् ।

देउवाले आज दिउँसो दुई बजेका लागि नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेतालाई बूढानिलकण्ठ बोलाइएको कांग्रेसले जनाएको छ । नयाँ सरकार गठनका लागि छलफलमा नेकपा एमालेको माधवकुमार नेपाल समूहमा रहेका नेताहरुलाई पनि बोलाइएको श्रोतले बताएको छ।

केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरिसकेको छ । उनले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गरेको हो । अब नयाँ सरकार बनाउनका लागि दलहरुलले ३० गतेभित्र दावी गर्नुपर्ने छ ।
हिजोराति नै जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले विज्ञप्ति निकाल्दै आफूहरु नयाँ सरकार बनाउने पक्ष नरहेको बताईसकेको छ भने जसपाकै अर्का अध्यक्ष डा.बाबुराम भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको वर्तमान सरकारलाई विदा गरेर नयाँ सरकार गठनको प्रयासमा खुलेर लागेका छन् । यी दुई नेताले सोमबार विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।