Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा दुई न्यायाधिश नियुक्त


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषद्को सिफारिसमा कुमार चुडाल र नहकुल सुवेदीलाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।
न्यायाधीशमा सिफारिस गरिएपछि उहाँहरुको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको थियो । गत शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकले चुडाल र सुवेदीको नाम नियुक्तिका लागि अनुमोदन गरेको थियो । झापाका चुडाल यसअघि उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहुनभएको थियो भने सुवेदी उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीशमा हुनुहुन्थ्यो ।