Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

राजनीति

राजीनामा दिनेबारे छलफल गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । आज सांसदहरुले दिने भनिएको राजीनामा बारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको हो ।

शनिबार साँझ काठमाडौँमा सम्पन्न माधवकुमार नेपाल–झलनाथ खनाल समूहका सांसदको बैठकले आफ्नो अडानबाट फर्किन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टा समय दिएको थियो । बैठकले २ जेठ २०७५ मा फर्कन ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।
तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामूहिक राजीनामा गर्न सांसदहरु तयार भएका थिए । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । समय भने अहिलेसम्म निश्चित हुन सकेको छैन ।
बैठक आज जसरी भए पनि बस्ने खनाल–नेपाल पक्षका एक नेताले जानकारी दिए । उनका अनुसार खनाल पक्षले भर्चुअल माध्यमबाट नै भए पनि बैठक बसेर छलफल गर्ने भएको छ ।